लुम्बिनी विकास बैंकले ९३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै
०३ कार्तिक, काठमाडाैं । लुम्बिनी विकास बैंकले ९३ हजार ४०७ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।
संस्थापक सेयरधनी युगराज रेग्मीको ६५ हजार कित्ता, सुजन बरालको १३ हजार कित्ता, गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता र अनन्तराज पोख्रेलको नाममा रहेको ४ हजार कित्ता सेयर बैंकले बिहीबारदेखि बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, कुनैपनि व्यक्ति, सर्वसाधारण लगानीकर्ता तथा कम्पनी तथा विभिन्न संस्थाहरुले आवेदन दिन सक्नेछन् । बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा बिहीबारदेखि १५ दिनभित्र सेयर खरिद गर्न इच्छुकले निवेदन पेश गर्न सक्नेछन् ।
बैंकले विद्यमान सेयरधनीले सेयर खरिद नगरेपछि दोस्रो पटक सर्वसाधारण लगानीकर्ताले समेत आवेदन गर्न पाउने गरी उक्त सेयरको बिक्री खुला गरेको हो ।
लुम्बिनी विकास बैंकले समकक्षि विकास बैंकहरुमा अब्बल बैंकको रुपमा प्रतिस्पर्धा तथा व्यवसाय विस्तार गर्दै अगाडि बढिरहेको छ ।