Advertisement

सरकारसँग प्रहरी महानिरीक्षकको गुनासो– प्रहरीले आफ्नै भवनबाट सेवा दिने व्यवस्था मिलाइदिनु पर्‍यो

0 107

Advertisement

३१ असाेज, काठमाडौं । देशभरका प्रहरी इकाइहरुले आफ्नै कार्यालयबाट सेवा प्रदान गर्न नपाएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले सरकारसँग गुनासो गरेका छन्। प्रहरी कार्यालयहरुले आफ्नै भवनबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइदिन पनि आईजी सिंहले सरकारलाई आग्रह गरे।

६७औं प्रहरी दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझै पनि अन्य निकाय तथा व्यक्तिको घरमा आश्रय लिँदै आएको बताए। आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्ने व्यवस्था गरिदिन सिंहले आग्रह गरे।

नेपाल प्रहरीले ३२ सय बढी इकाइहरुमार्फत् सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै सिंहले नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको दाबी गरे। महानिरीक्षक सिंहले प्रहरी सञ्जालमार्फत् करिब २६ लाख भन्दा बढीसँग भर्चुअल रुपमा जोडिएको बताए।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्ष कूल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको सिंहले जानकारी दिए। संगठित अपराध, कर्तव्यज्यान लगायतका जघन्य अपराधका घटनामा कमी आएको उनको दाबी छ।

महानिरीक्षक सिंहले आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको उल्लेख गर्दै आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरु पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने शाहसका लागि सक्षम भएको विश्लेषण गरेको बताए।

गत वर्ष नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई पक्राउ गरेको र यसवर्ष पनि हालसम्म कतार र मकाओबाट ७ जनालाई पक्राउ गरी कानूनी कारबाही चलाएको सिंहले जानकारी दिए।

महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.