Advertisement

ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौँ : श्रेष्ठ

0 67

Advertisement

११ असाेज, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बैङ्कहरूले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् ।

उद्योग वाणिज्य सङ्घ काठमाडौँको आयोजनामा बैङ्क तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैङ्कलाई उद्योगको चाबी बुझाउने बताए ।

तरलता सङ्कटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत अधिक ब्याज लिइएको भन्दै उनले बैङ्कहरूलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्नुपर्ने श्रेष्ठले बताए ।

बैङ्कहरू आफैँ ब्याज बढी दिने र आधार बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले बताए । बैङ्क ब्याजदर, एलसी, नगद मार्जिन जस्ता विषयमा नेपाल राष्ट्र बैङ्कको नीति फेल भएको उनको भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.