कागेश्वरी मनोहरा नगरपालिकाद्धारा विश्व पर्यटन दिवस वृक्षारोपण भव्य रुपमा सम्पन्न

0 117

११ असोज, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आज विश्व पर्यटन दिवस भव्य रुपमा मनाएकाे छ । मिति २०७९/०६/११ गते विश्व पर्यटन दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौँ कागेश्वरी मनोहरा District 325 G को समन्वयमा नेपाल पर्यटन बोर्ड र कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित वृक्षारोपण कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, गागलफेदीको कागेश्वरी धाममा सम्पन्न गरियो।

उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री उपेन्द्र कार्की ज्यूले गर्नुभएको थियो भने विशिष्ट अतिथि नगर उपप्रमुख श्री शान्ता थापा हुनुहुन्थ्यो। उक्त कार्यक्रमका विशेष अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव श्री सुरेश अधिकारी ज्यू,ने पाल पर्यटनका महा निर्देशक श्री हिकमत ऐर र कार्यकारी अधिकृत श्री धनन्जय रेग्मी हुनुहुन्थ्यो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.