Advertisement

नेप्से २३ महिना यताकै न्यून बिन्दुमा 

0 56

Advertisement

०४ असोज, काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब २३ महिना यताकै न्यून बिन्दुमा झरेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो ।

त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौबाट नेप्सेमा गिरावट सुरु भएको थियो । नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २३ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो । ९ असारमा २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से करिब ३ महिनापछि त्यसभन्दा तल झर्दै २३ महिना यताकै नयूनत बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै ३.८३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा लगातार गिरावट हुँदा कारोबार रकम पनि पछिल्लो केही महिना यता १ अर्बकै हाराहारीमा रहेको छ । गत साता १ अर्बबाट पनि तल लागेको कारोबार रकम आइतबार बढेर १ अर्ब ६० करोड पुगेको थियो । मंगलबार पुनः घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको ५ करोड ६५ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको ५ करोड ३५ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको करिब ४ करोड ७४ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर हुँदा ७ कम्पनीको मात्रै बढेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.९२ प्रतिशतले वृद्धि हुँदा एनएमबि ५० म्युचुअल फण्डको इकाइ मूल्य ३.८७ प्रतिशत र आदर्श लघुवित्तको सेयर मूल्य २ प्रतिशतले वृद्धि भएको छ ।

यता कालिका पावरको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बरुण हाइड्रोपावरको सेयर मूल्य ८.१९ प्रतिशतले गिरावट भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.