Advertisement

रत्नपार्कमा विद्युत प्राधिकरणले राख्यो चार्जिङ स्टेसन

0 234

Advertisement

१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको उपकरण राख्न सुरु गर्दैछ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरण्को रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गर्दैछिन् ।

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको हो ।

केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ । खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ । काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।

करिब ३७ करोड लागतमा यी चार्जिङ स्टेसन जोड्न लागिएको हो । चीनको वाङडेङ डिजिटल इनर्जीले ठेक्का पाएको यो आयोजनामार्फत भेरियसन गरेर थप १२ वटा चार्जिङ स्टेसन पनि जोडिने भएको छ ।

५ वर्षसम्म ठेकदार कम्पनीले नै यी स्टेसनहरुको मर्मतसम्भार गर्ने छ सञ्चालन र व्यवस्थापन प्राधिकरणले गर्नेछ ।

प्राधिकरणले बैंकिङ कार्ड र क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गर्दैछ । चार्जिङ स्टेसनमा सवारी चार्ज गर्न प्रि–बुकिङ प्रणाली बनाइएको छ । यसअनुसार मुग्लिनमा सवारी चार्ज गर्न चाहानेले काठमाडौंबाट सवारी लिएर हिँडेपछि समय बुक गर्न सक्ने प्राधिरकणले जनाएको छ । यसको सबै नियन्त्रण काठमाडौंको कन्ट्रोल रुमबाटै हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.