Advertisement

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

0 127

Advertisement

१४ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिए ।

‘भोलिसम्म गर्ने तयारी हो । केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

तीनथरि नतिजा

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले यो पटक तीनथरि नतिजा सार्वजनिक हुने जनाएको छ । आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार प्रकाशन हुने र नियमित तर्फको परीक्षार्थीको लेटर ग्रेडिङ हुने उनले बताए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । तोकिएको अङ्क भन्दा कम ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ ।

अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार भने सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।

कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट पनि थाहा पाउन सकिनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.