Advertisement

लागूऔषधसहित ३ जना पक्राउ

0 88

Advertisement

१४ भदाै, काठमाडाैं । कास्कीको पोखरा र बाराको पथलैयाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकबाट पक्राउ पर्नेमा लामाचौर घर भएका २२ वर्षीय अजय जिसी र चितवन घर भएका २५ वर्षीय समिर कोइराला छन् ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८१५७ नम्बरको बसमा सवार अजयको साथबाट नुर्फिन ७० एम्पुल, सोही परिमाणमा डाईजेपाम र फेनारगन बरामद गरेको छ ।

नारायणगढबाट पोखरा जाँदै गरेको ग.१ ख ३०६५ नम्बरको हाइसमा सवार समिरको साथबाट नुर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल र सोही परिमाणमा फेनारगन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट पक्राउ पर्नेमा सिन्धुली घर भएका २४ वर्षीय पूर्ण प्रसाद दाहाल छन् । उनको साथबाट नाइट्रभेट ३ सय ट्याब्लेट सहित फेनारगन, नुर्फिन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आरोपीको साथबाट प्रहरीले १ हजार ६ सय ६० पिस लागुऔषध बरामद गरेको छ । उनि बसमा कलैयाबाट काठमाडौं तर्फ जाँदै थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.