Advertisement

नेपालबाट निर्यात भयो १ अर्ब ८३ करोडको पास्ता

0 72

Advertisement

२८ साउन, काठमाडौँ । गत आर्थिक वर्षमा नेपालबाट १ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उक्त मूल्यको पास्ता निर्यात भएको हो ।

उक्त अवधिमा सो मूल्य बराबरको ९६ लाख किलो पास्ता निर्यात भएको विभागले जनाएको छ । त्यस अवधिमा नेपालबाट भारत, अस्ट्रेलिया, अमेरिका र युरोप लगायतका मुलुकमा पास्ता निर्यात भएको छ ।

उक्त अवधिमा भारतमा १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको पास्ता निर्यात भएको छ । यसै गरी, हङकङ, डेनमार्क, इटाली, जापान, बेलायत लगायतका मुलुकमा पनि पास्ता निर्यात हुने गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.