Advertisement

बाबुरामको पार्टी फुटाउने सपना चक्नाचुर भयो : यादव

0 79

Advertisement

३१ असार, काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् ।

‘पार्टी विभाजन गर्ने हेतुले गुटको बैठक बोलाउनु भयो’ उनले भने, ‘ संख्या नपुगेकोले, राजनीतिक रुपमै गलत भएका कारणले पार्टी फुटाउने योजना चक्नाचुर भएको छ ।’

काठमाडौँमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।

जसपाको हिजो (बिहीबार) बसेको बैठकले विधान विपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.