Advertisement

सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

0 52

Advertisement

२० असार, काठमाडाैँ । नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् ।

मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए ।

उनले भने – ‘कमिसनको चक्करमा यो सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बीउ समयमै ल्याएपछि त नेपाली जनताको उत्पादन वृद्धि हुन्छ र नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन् ।

त्यसप्रति विदेशबाट आउने चामल मित्र राष्ट्र होस् वा बाहिर देशबाट आउने त्यस्ता खालका कृषिजन्य उपजहरू नेपालमा त्यसै पनि आयातमा प्रतिस्थापन हुन्छन् । तर नेपालमा त्यो गर्न चाहिँदैन, किनभने यो त खालि घुम्नका निम्ति, त्यहाँ गएर कुन–कुन भूमाफियाहरू सँग सङ्गत हुन्छ ।

अथवा त्यहाँको सरकारी पक्षसँग सङ्गत हुन्छ । उहाँहरूको कमिसनको चक्करमा मन्त्रीज्यूहरू डुबेर आउने गर्नुहुन्छ र यहाँ ढाँटेर सदनमा प्रस्तुत गर्नुहुन्छ कि नेपालमा जति चाह्यो त्यति मल आउँछ अब तपाईंहरू ढुक्क हुनुस् ।’

उनले वर्तमान सरकार देश र जनताप्रति बफादार नभएको भन्दै सरकार रहुञ्जेल देशलाई बर्बादीमा पुर्‍याउने बताए । सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.