काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट
१० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको नयाँ बजेट ल्याएको छ ।
काठमाडौँ महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डङ्गोलले सो बजेट ल्याएको बताएकी हुन् ।
सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।
काठमाडौँ महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो । चालू आवमा भन्दा आगामी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।