Advertisement

पूर्वका भारतसितका सीमा सिल

0 71

Advertisement

१० असार, झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ ।

आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए ।

उनका अनुसार आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ ।

विशेष गरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ । दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.