Advertisement

रवि लामिछानेले तीन करोड ठगी गरेको आरोप

0 224

Advertisement

१० असार, काठमाडौं । सञ्चार पेशा छाडेर ‘नेपाल स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले तीन करोड बढी ठगी गरेको आरोप लागेको छ ।

लामिछानेले न्युज २४ टेलिभिजनमा हुँदै रियालिटी शो ‘द लिडर’ प्रशारण गर्ने घोषणा गरेका थिए । न्युज २४ छाडेर लामिछानेले २०७७ फागुन ११ गते ग्यालेक्सी फोरके टेलिभिजन ल्याउने घोषणा गरे । उक्त कार्यक्रम पनि ग्यालेक्सी फोरकेबाटै प्रशाण हुने बताइएको थियो ।

‘द लिडर’को अडिसन सात वटै प्रदेश र विदेशमा बस्ने नेपालीहरुको लागि खुलाइएको थियो । ‘एसआरबिएन’ मिडियाले उक्त कार्यक्रमको पहिलो अडिसन चितवनमा हुने सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

तर, अहिलेसम्म उक्त रियालिटी शो प्रशारण नभएको र शोमा सहभागी हुन आवेदन दिएकाहरुबाट लामिछानेले तीन करोड बढी गठी गरेको आरोप लगोको हो ।

कैलालीको जानकी गाउँपालिका-५ का आदित्य न्यौपानेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर लामिछानेसँग हिसाब मागेका छन् ।

लामिछानेको त्यतिबेलाको भनाइ उद्धृत गर्दै न्यौपानेले भनेका छन्- ‘समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने भनेर लामिछानेले सार्वजनिक रुपमा भनेका थिए ।’

नाम दर्ताको निम्ति एक हजार रुपैयाँ तिरेर फारम भरेको न्यौपानले बताएका छन् । उनले लेखेका छन्- ‘लामिछानेले नयाँ कार्यक्रम ल्याउने सुनेपछि फाराम भर्नेको भीड थामिनसक्नु भयो । तर, अहिलेसम्म न कार्यक्रम सञ्चालनमा आयो, न हजार रुपैयाँ नै फिर्ता पाएँ ।’

न्युज २४ छाडेर ग्यालेक्सीमा गएपछि फोन सम्पर्क गरेको न्यौपानेले बताएका छन् । आफूले पटक पटकको फोन सम्पर्कमा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ पाएको उनको भनाइ छ । उनले आफ्नो मात्रै नभइ हजारौं युवाको पैसा डुबेको बताएका छन् ।

न्यौपानेले लेख्छन्- ‘आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँद द लिडर कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो । सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ । तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरें । आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन । रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ । ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो ।’

रवि लामिछाने र उनको समूहले चलाखीपूर्ण तरिकाले पैसा बुझेको रसिदसमेत नदिएको उनको आरोप छ । नामको पछाडि लाग्दा पैसा डुबेकोमा उनले अहिले आएर दुःख मनाउ गरेका हुन् ।

उनले अगाडि लेखेका छन्– ‘मेरो रजिस्ट्रेसन नम्बर ३०४७१ हो । अर्थात् ३०४७१×१०००. ३०४७१००० रकम हुन आउँछ । मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएका होलान् ।

अब हामी सबैको पैसाको जिम्मा कसले लिने ? तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नुभयो । पैसा बुझाएको प्रमाण कतै दिइएन । रजिस्ट्रेसन नम्बर मात्र दिनुभयो । रवि लामिछाने नाम नै काफी थियो, त्यही भएर कुनै शंका लागेन । तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता ।’

उनले भनेजस्तो ३० हजारभन्दा बढी मानिसले हजार रूपैयाँ तिरेर रजिस्ट्रेसन गरेका हुन् भने तीन करोडभन्दा बढी रकम आयोजकले उठाएको देखिन्छ ।

‘द लिडर’ कार्यक्रमका प्रस्तोता लामिछानेले सञ्चालन गर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रलगायत ५ जना निर्णायकमा रहने घोषणा गरिएको थियो ।

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी एक सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएका थिए ।

भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने र प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने भनिएको थियो । आयोजकले कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने दाबी गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.