Advertisement

३ वर्षका लागि बायर्नमा अनुबन्धित भए माने

0 153

Advertisement

०९ असार, काठमाडाैँ । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन्।

माने ३५.१ मिलियन पाउन्डमा ३ वर्षका लागि बायर्नमा अनुबन्धित भएका हुन्। उनी अब सन् २०२५ सम्म बायर्नमा रहनेछन्। लिभरपुलमा अझै एक वर्ष सम्झौता बाँकी रहँदा उनले क्लब छाड्दै बायर्न जाने निधो गरेका हुन्।

लिभरपुललाई च्याम्पियन्स लिग र प्रिमियर लिग जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मानेले गत फेब्रूअरीमा सेनेगललाई पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएका थिए।

माने जुन २०१६ मा साउथह्याम्प्टनबाट ३४ मिलियन पाउण्डमा लिभरपुलमा आएका थिए। उनले क्लबका लागि २६९ खेलमा १२० गोल गरेका छन्। गत सिजनमा सबै प्रतियोगितामा २३ गोल गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.