Advertisement

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

0 137

Advertisement

०६ जेठ, सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ ।

सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनु भएको थियो । खाना खाएर सुत्नुभएका उहाँको निधन भएको बताइएको छ ।

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

उहाँले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याउनुभएको थियो । सदस्यमा उहाँसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.