Advertisement

युक्रेनका राष्ट्रपतिद्धारा जर्मनी र फ्रान्सका नेतासँग फोनवार्ता

0 126

Advertisement

०४ जेठ, किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गर्नुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले मंगलबार जनाएको छ । मंगलबार उहाँले जर्मन चान्सलर ओलफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोसँग फोनवार्ता गर्नुभएको हो ।

सो फोनमा उहाँले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गर्नुभएको थियो । उहाँले सो अवसरमा रुसमाथि थप नाकाबन्दी लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गर्नुभएको थियो ।

जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलिन्स्किीलाई रुसमाथिको थप नाकाबन्दीका बारेमा आफूहरुले सोचिरहेको र थप नाकाबन्दी लगाउने बताउनुभएको थियो ।

साथै उहाँहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आस्वासन दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्धन्द्धमा परेको छ ।

यहाँका नागरिकलाई थप मानवीय सहयताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.