Advertisement

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

0 214

Advertisement

३० चैत, गलकोट । बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ ।

उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लाग्नुभएको छ । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ ।

धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गर्नुभएका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गर्नुभयो । विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किनुभएको हो । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहनुभएको छ । अब उहाँको कुखुरापालन गर्ने योजना छ ।

“गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए”, थापाले भन्नुभयो, “गाउँमै केही गर्ने सोच पलायो ।” बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो । खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उहाँको भनाइ छ । अहिले उहाँ फार्म विस्तारमा लाग्नुभएको छ । अहिले थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन् ।

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिनुभएको छ । उहाँले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गर्नुभएको हो । गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उहाँ बताउनुहुन्छ । “हालसम्म रु ३० लाख लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो ।

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवद्र्धन गर्न रु नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताउनुभयो । उहाँले सो रकमबाट फार्म विस्तार र बोयर बोका खरिद गर्नुभएको छ । “गाउँ उजाडिँदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरु बढे, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्के”, थापाले भन्नुभयो ।

व्यवसायमा उहाँलाई भाइ रिमबहादुरले सहयोग गरिरहनुभएको छ । आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गर्नुभएको छ ।

सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताउनुभयो । “बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्”, उहाँले भन्नुभयो । चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ ।




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.