Advertisement

प्रो-क्लब च्याम्पियनसिप : एपीएफमाथि उत्तर प्रदेशको ७ विकेटको जित

0 166

Advertisement

२८ चैत, काठमाडौं । उत्तर प्रदेश क्लब-११ले प्रो-क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।

अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा भैरहवामा जारी प्रतियोगिता सोमबार उत्तर प्रदेशले विभागीय क्लब एपीएफलाई ७ विकेटले पराजित गरेको हो। योसँगै उत्तर प्रदेश सेमिफाइनल नजिक पुगेको छ। यता, एपीएफको यो लगातार दोस्रो हार हो।

एपीएफले लिएको ७७ रनको लक्ष्य उत्तर प्रदेशले ३ विकेट गुमाएर १३.२ ओभरमा पूरा गर्यो। उत्तर प्रदेशको लागि राज यादवले सर्वाधिक २९ रन बनाए। यता, विवेक सिंहले २२ रनको योगदान दिए।

यसैगरी, राहुल कुमार १६ तथा नितिन राम ५ रन बनाएर आउट भए। एपीएफका अमरसिंह रौटेला र नन्दन यादवले एक/एक विकेट लिए।

त्यसअघि घरेलु मैदान सिद्धार्थ रंगशाला भैरहवामा पहिला ब्याटिङ थालेको एपीएफले १७.१ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो।

एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २१ रन बनाए। यता, सुमित महर्जनले १६ र पुरन विकले १२ रन जोडे।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। उत्तर प्रदेशका प्रिन्स शाहीले सर्वाधिक ४ विकेट लिए। विपिन चन्दले २ विकेट हात पारे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.