Advertisement

साढे चार सय युवाले पाए रोजगारी

0 203

Advertisement

२८ चैत, लमजुङ । यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या हेर्दा दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला रहेका छन् ।

तीमध्ये उक्त सङ्ख्याले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ती रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने, सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् ।

प्रतिव्यक्ति रु ५७७ का दरले दैनिक पारिश्रमिक पाइने उक्त पालिकाका रोजगार उहाँको भनाइ छ । यस कार्यक्रमका लागि कूल बजेट रु दुई करोड ८० लाख २० हजार रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताउनुभयो ।

लमजुङमा २२ मतदानस्थल अतिसंवेदलशील

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा यहाँका २२ मतदानस्थल अतिसंवेदनशील रहेका छन् । भौगोलिक अवस्था, शान्ति सुरक्षा र विगतका निर्वाचनका आधारमा जिल्लामा रहेका १२३ मतदानस्थलमध्ये सो सङ्ख्यालाई अतिसंवेदनशीलका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा मतदानस्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । उक्त २२ मतदानस्थललाई अतिसंवेदनशील भनेर वर्गीकरण गरिएको छ भने ८० संवेदनशील र २१ वटा मतदानस्थललाई साधारण रुपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । एक सय २३ मतदानस्थलमध्ये दूधपोखरी, क्व्होलासोथर, दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा रहेका मतदानस्थल बढी अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.