Advertisement

सर्लाहीमा क्रेनको ठक्करबाट बालिकाको मृत्यु : उत्पन्न तनाव शान्तिपूर्णरूपमा समाधान गर्न गृहमन्त्री निर्देशन

0 216

Advertisement

१७ चैत, काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले सर्लाही जिल्लाको बागमती नगरपालिका–७ नीमीचोकमा भएको घटनापछि सिर्जित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न निर्देशन दिएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई टेलिफोन गरी स्कुले बालिकाको हाइड्रो क्रेनको ठक्करबाट मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई बल प्रयोग नगरी शान्तिपूर्णरूपमा समाधान गर्न निर्देशन दिएका हुन्।

प्रजिअ गौतमले गृहमन्त्रीबाट शान्तिपूर्ण रूपमा परिस्थितिको समाधान गर्न निर्देशन भएको जानकारी दिए। ‘घटनाबाट सिर्जित परिस्थितिको शान्तिपूर्ण रूपमा समाधान निकाल्न मन्त्रीज्यूबाट निर्देशन भएको छ। हामीले त्यसै अनुरूप सबै पक्षसँग वार्ता र छलफल गरेर समस्याको निराकरण गर्ने प्रयास गरिरहेका छौँ,’ प्रजिअ गौतमले भने।

बिहीबार मध्यान्हतिर बागमती नगरपालिका–७, निमीचोकको भित्री सडक–खण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको हाइड्रो (क्रेन) ले साइकललाई ठक्कर दिँदा साइकल यात्री १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा नै मृत्यु भएको थियो।

बालिकाको मृत्यु भएपछि घटनास्थलमा भेला भएका मृतकका आफन्त, स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरूले ठक्कर दिने क्रेन जलाइदिएको र सडक अवरुद्ध गरेको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीले भिडलाई नियन्त्रणमा लिन र सडक खुलाउन ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

घटनामा केही पनि घाइते भएका छन्। प्रजिअ गौतमले क्रेन चालकलाई नियन्त्रणमा लिइएको र घटनालाई साम्य बनाउन सर्वपक्षीय छलफल भइरहेको जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.