Advertisement

दुर्घटनामा प्रहरीको मृत्यु

0 260

Advertisement

१३ चैत, काठमाडाैँ । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन् ।

दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

गएराति डिउटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा ८३ प ८९९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको थियो । उनको राती २ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.