Advertisement

१२.५४ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

0 513

Advertisement

०८ चैत, काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव २० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आयतबार दोहोरो अंकले बजार घटेको थियो भने सोमबार दोहोरो अंकले नै बढेको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेको छ । ‘क’ वर्गमा २५ वटा बैंक्सहित ३६ कम्पनीहरु रहेका छन् । नेप्से परिसूचक बढे पनि कारोबार रकम २ अर्ब ५१ करोडमा रोकिएको छ ।

दिनभर ३६ हजार ७७२ कारोबारबाट २३५ धितोपत्रका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.