Advertisement

बिमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाटै नवीकरण गर्न सकिने

0 565

Advertisement

०८ चैत, काठमाडौं । बिमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ।

मंगलबार बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बिमा सर्भेयर तथा बिमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन्।

यससँगै ३ लाखभन्दा बढी बिमा अभिकर्ता र २ हजारभन्दा बढी बिमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सक्ने भएका हुन्।

शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले बिमा शाखा सधैं व्यस्त रहने र अभिकर्ताहरुको इजाजत पत्र नवीकरण गर्न पनि झन्झटिलो हुने गरेकाले डिजिटल माध्यम अपनाइएको बताए। यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोवाइलमार्फत सजिलै नवीकरण गर्न सकिने उल्लेख गरे।

अध्यक्ष सिलवालले डिजिटल नवीकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्नेमा जोड दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.