Advertisement

नेपाल तरुण दलको संगठन विस्तारऽ वडा नं ७ स्तरिय नेपाल तरुण दल वडा कमिटि समेत गठन

0 395

Advertisement

२६ फागुन, देउखुरी दाङ नेपाली काग्रेस पार्टिको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तथा कमिटि गठन बारे भेला गरिएको छ । राप्ती गाउँपालिका स्तरिय तरुण दलको आयोजनामा वडा नं ७ को नेपाली काग्रेस पार्टिको कार्यालयमा भएको भेलाले वडा नं ७ स्तरिय नेपाल तरुण दल वडा कमिटि समेत गठन गरिएको छ ।

तरुण दल राप्तीका अध्यक्ष आशिस पौडेलको अध्यक्षता, महाधिबेशन प्रतिनिधि विलोचन चौधरीको प्रमुख आथित्यता, प्रदेश महाधिबेशन प्रतिनिधि अमृत अधिकारी, पालिका सभापति विद्याशरण चौधरीको विशिष्ट आथित्यतामा भएको भेलाले नरीजन चौधरीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

नेपाली काग्रेस पार्टिको भातृ संगठन नेपाल तरुण दलको राप्ती गाउँपालिकाको सबै वडामा कमिटि विस्तारको क्रममा योजनाका साथ अघि बढ्ने उदेश्यले भेलामा छलफल गरिएको छ ।

पालिका सचिव तिर्थराज ज्ञवाली, पालिका सदस्य दिपक सुवेदि, क्षेत्रिय प्रतिनिधि मिनराज अधिकारी, रिषिराम पोख्रेल, वडा नं ७ वडा सचिव नेत्रलाल चौधरी लगायतको सहभागितामा नेपाल तरुण दल वडा कमिटि गठन गरिएको हो ।

नेपाल तरुण दल वडा नं ७ को कमिटिमा अध्यक्ष नरिजन चौधरी, उपाध्यक्षमा तिर्थु चौधरी, बुद्धि प्रकास चौधरी, सचिवमा अलेक्स चौधरी, मनोज चौधरी, सह सचिवमा सिमा चौधरी, कोषाध्यक्ष प्रमिला चौधरी, सदस्यहरुमा प्रमिला चौधरी, संगिता चौधरी, सरोज चौधरी, शुसील चौधरी, विशाल चौधरी, सिमेन चौधरी, सुलोचना चौधरी, आशिष चौधरी, टाईजन चौधरी, अस्मीता चौधरी, सुनसरी चौधरी, राम स्वरुप चौधरी रहनु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.