Advertisement

सेनाको कुटाइबाट चेपाङ युवकको मृत्यु प्रकरण : अभियुक्तलाई जन्मकैदको फैसला

0 184

Advertisement

०९ फागुन, काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्री प्रसाद रेग्मीले नेपाली सेनाका हुद्दा चिरण कुमार बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेका थिए । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार हुद्दा बुढामाथि जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।

२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो । त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए ।

कुटपिटपछि गम्भिर घाइते भएका राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनका बाबु विष्णुलाल चेपाङले ६ सैनिकले आफ्नो छोरालाई कुटपिट गरेको भनी जाहेरी दिएका थिए ।

त्यही मुद्दामा जिल्ला अदालतले भवितव्य भएको भन्दै चिरण कुमार बुढालाई ९ महिना कैद सजाय र ९ हजार जरिवाना गरेको थियो । साथै मृतकका बाबुलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराइदिनुपर्ने भनी फैसला गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.