Advertisement

झापामा तोरीखेतीको आशलाग्दो विस्तार

0 336

Advertisement

०१ फागुन, झापा । तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् ।

हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका थिए । तर पछिल्लो समय स्वस्थ र शुद्ध खानेतेलका लागि तोरीको प्रयोग बढेसँगै व्यावसायिकरूपमा तोरीखेती फस्टाएको हो ।

मेचीनगर–१४ का गोपाल तिसिम्नाले दुई वर्षदेखि आफ्नै चार बिघा जमिनमा व्यावसायिकरूपमा तोरीखेती गर्न थाल्नुभएको छ । त्यसअघि उहाँ पनि बजारबाट तेल किनेर भान्सामा प्रयोग गर्नुहुन्थ्यो । अहिले आफैँले खेती गर्न थालेपछि शुद्ध तेल खान पाएको र मनग्य आम्दानीसमेत हुन थालेको उहाँले बताउनुभयो ।

गत वर्ष तीन बिघामा तोरीखेती गर्नुभएका उहाँले यस वर्ष चार बिघा जमिनमा खेती विस्तार गर्नुभएको छ । यसपालि १० क्विन्टल तोरी उत्पादन हुने उहाँको अनुमान छ । उहाँले उत्पादन गरेको तोरीप्रति क्विन्टल रु १२ हजार ५०० का दरले बिक्री हुने गरेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा छ हजार हेक्टर क्षेत्रमा तोरीखेती हुँदै आएको बताउनुभयो । उहाँले विगत चार वर्षदेखि जिल्लामा तोरीखेतीमा किसानको आकर्षण बढ्न थालेको बताउनुभयो ।

“थोरै लगानीमा धेरै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “तोरी छरेपछि फुल्नु अघि एकपटक साग छाट्नुपर्छ, अरु केही नै गर्नुपर्दैन । थोरै लगानी, कम परिश्रम हुँदा किसान तोरीखेतीप्रति आकर्षित हुन थालेका हुन् ।

” उहाँले बजारको समेत समस्या नभएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा पछिल्लो समय सहकारी संस्थाहरूले समेत तोरीखेती व्यावसायिकरूपमा गर्न थालेका छन् । उनीहरुलाई प्रोत्साहन गर्नका लागि कृषि ज्ञान केन्द्र झापाले तोरी ब्लक क्षेत्र नै घोषणा गरेको जनाएको छ ।

हल्दिबारी गाउँपालिकामा रहेको सहकारीलाई दुई वर्षसम्म रु २५ लाखको दरले अनुदानसमेत प्रदान गरेको केन्द्रले जनाएको छ । आव २०७५-७६ मा चार हजार हेक्टरमा हुँदै आएको तोरीखेती विस्तार भएर आव २०७६-७७ मा पाँच हजार हेक्टर पुगेको थियो ।

आव २०७७-७८ मा झन् बढेर पाँच हजार ३० हेक्टर र हाल छ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि अर्थविज्ञ भट्टराईको भनाइ छ । उहाँले तोरीमा झापालाई आत्मनिर्भर बनाउन सरकारले थप प्रोत्साहनका कार्यक्रम ल्याएर किसानलाई आकर्षित गर्न अझै आवश्यक रहेको बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.