Advertisement

असारदेखि भाडा नबुझाउने टिभी र इन्टरनेटका तार हटाउँदै नेपाल टेलिकम

0 9

Advertisement

०९ जेठ, काठमाडाैं । नेपाल टेलिकमले कोशी प्रदेशभित्र भाडा नबुझाउने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । टेलिकमले जेठ महिनाको अन्तिमसम्म पनि भाडा भुक्तानी नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरुको तार हटाउने भएको हो ।

टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०\८१ सम्मको पोल भाडा बापतको रकम मिति २०८१ ज्येष्ठ मसान्तभित्र बुझाउन सूचनामा उल्लेख गरेको छ ।

यस्तै टेलिकमले सार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने भएकोले सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुनु पर्ने बताएको छ ।

जारी सूचनामा भनिएको छ, “सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने जनाएको छ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.