Advertisement

नर्वेले दियो प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता, इजरायलले गर्यो राजदूत फिर्ता

0 16

Advertisement

०९ जेठ, काठमाडौं । नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिएको छ। नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले मान्यता दिएको कुरा आफैं सार्वजनिक गरेका छन्।

सरकारी वेबसाइटमा जारी गरिएको सूचनामा उनले भनेका छन्, ‘प्यलोस्टाइनलाई देशको मान्यता दिन नर्वे सरकारले निर्णय गरेको छ।’

रुसी विश्व च्यालन आरटीका अनुसार नर्वेको यो मान्यता यही हप्ता (मे २८) बाट लागु हुने भएको छ। आरटीका अनुसार नर्वे प्यालेस्टाइनलाई देशको मान्यता दिने दशौँ युरोपेली देश बनेको छ।

यो भन्दा अगाडि बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, हंगेरी, माल्टा, पोल्याण्ड, रोमानिया, स्लोभाकिया र स्वीडेन छन्। नर्वेको मान्यता पाएसँगै आयरल्याण्डले पनि मान्यता दिएको सार्वजनिक गरेको छ।

इजरायली विदेशमन्त्री इजरायल काजले नर्वे र आयरल्याण्डबाट आफ्ना राजदूतहरु फिर्ता गरेको छ। नर्वे र आयरल्याण्डसँगै स्पेनले पनि यस्तै मान्यता दिने तयारी गरेको बताइएको छ। इजरायलले स्पेनलाई पनि त्यस्तो गरेमा राजदूत फिर्ता गर्ने चेतावनी दिइसकेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.