Advertisement

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

0 229

Advertisement

२७ पुस, सुदूरपश्चिम । नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित हुनुभएको छ ।

गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाउनुभएको छ ।

उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित हुनुभएको छ । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । एक सय ५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लष्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

डोटीमा मल्ल विजयी

डोटी–नेकपा (एमाले) डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल बिजयी हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहनुभएका मल्ल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गर्नुभएको (नेकपा) एमालेले जनाएको छ ।

अधिवेशनमा मूल आयोजक कमिटीका १४८ तथा यहाँका नौवटै वडाबाट छनोट गरिएका ३८६ र मनोनित २७ जना गरी कूल ४१३ प्रतिनिधि सहभागी थिए । अधिवेशनका लागि जिल्लाका नौवटै पालिकाबाट अधिकांश प्रतिनिधि सहभागी रहेका थिए ।

लमजुङको अध्यक्षमा अधिकारी

लमजुङ–नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्राद अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिवमा भने चार जनाबीच प्रतिस्पर्धा भएपछि सोमबार मतदान गर्दा जनकराज मिश्र र जीतबहादुर गुरुङ निर्वाचित हुनभएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिवबाहेकका अन्य पद उपसचिव, भूगोलतर्फका सदस्य, खुला सदस्य र सुन्दरबजार पालिका भूगोल सदस्य पदका लागि निर्वाचन भएको थियो । नवनिर्वाचित अध्यक्ष अधिकारीको नेतृतवमा ९५ सदस्यीय सदस्य कमिटी बनेको छ । निर्वाचित सबै पदाधिकारी तथा सदस्यले सोमबार राति नै शपथग्रहण गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.