Advertisement

डोल्पा सदरमुकाम विद्युत्विहीन

0 221

Advertisement

१३ पुस, जाजरकोट । डोल्पाको सदरमुकामलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत् आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको हो । उपकरणको मर्मतका लागि वुटबल पठाएको आयोजनाका कर्मचारी मुस्कान रावलले जानकारी दिनुभयो । सो क्षेत्रमा हिउँदयाममा आलोपालो तरिकाले विद्युत् सेवा प्रदान गरिँदै आइएको थियो ।

राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुन वित्तिकै सबै सेवा बन्द हुने गर्दछ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोबाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवाग्राही छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.