Advertisement

ललितपुर महानगरको विकासका लागि सबै एकजुट छौं : मन्त्री भुसाल

0 380

Advertisement

०२ पुस, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताएकी छन् । शुक्रवार ललितपुर महानगरपालिकाको १०३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

गर्दै मन्त्री भुसालले महानगरपालिकाको कला, संस्कृति तथा सम्पदाको विकास र संरक्षण गर्ने र भौतिक पूर्वाधारको विकास गर्ने लगायतका कामहरुमा सबै राजनीतिक दलहरुबीच सहकार्य भइरहेको बताएकी हुन् । उनले महानगरपालिकाको विकासको निम्ति राजनीतिक तहमा कुनैपनि मतभेदहरू नभएको बताइन् ।

राजनीतिक विचार र आस्थालाई आफ्नै ठाउँमा राखेर राजनीतिक दलहरुले आफ्नो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारिन् । उनले भनिन्– ‘हामी भिन्न भिन्न विचारको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका प्रतिनिधि भएपनि यो

महानगरपालिकाको विकास गर्ने कुरामा चाहे कला, संस्कृति, सम्पदाको विकास र संरक्षण होस्, चाहे जनशक्तिको विकास गर्ने कुरा होस्, भौतिक पूर्वाधारको विकास होस्, पर्यावरणीय हिसाबले स्वच्छताको कुरा होस् या यहाँको अरु आर्थिक, सामाजिक विकास गर्ने क्षेत्रमा यो कार्यकाल बडो राम्रो सहकार्य भएको छ ।’

उनले भनिन्, ‘हामी विभिन्न पार्टीको प्रतिनिधित्व गर्ने प्रतिनिधि छौँ । तर यो ठाउँको विकास र उन्नतीको निम्ति यसको संरक्षण र उन्नतीको निम्ति हाम्रा कुनैपनि खास मतभेदहरू रहेनन् । र रहनु पनि हुन्न । हामीले हाम्रो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर हाम्रा आस्था र विचारलाई आफ्नै ठाउँबाट अघि बढाउनुपर्छ भन्ने मान्यतालाई हामी सबैले आत्मसात् गर्यौं । र सहकार्यका बीचबाट आज हामी यहाँ आइपुगेका छौँ ।’

मन्त्री भुसालले ललितपुर महानगरपालिकालाई भौतिक पूर्वाधार, जनशक्ति, स्वच्छ वातावरण लगायतमा विकास गरेर सम्पन्न महानगरपालिका बनाउन सकिने धारणा समेत राखिन् । महानगरको विकास र उन्नतीका निम्ति आफ्नो सदैव साथ रहने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.