Advertisement

घट्यो विद्युत् उत्पादन, आयात सुरु

0 260

Advertisement

२१ मंसिर, काठमाडौँ । देशी विद्युत् उत्पादन घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ । नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घटेपछि प्राधिकरणले आइतबारदेखि विद्युत् आयात सुरु गरेको हो ।

प्राधिकरणका प्रवक्ता तथा उपकार्यकारी निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार अहिले आयात गरिएको विद्युत् विगतमा भारतको बिहार राज्यलाई दिइएको सापटी बिजुलीबाट ल्याउन थालिएको हो । आइतबार २०२ मेगावाट/घण्टा मात्र आयात गर्नुपरेको हो तर यही समयमा एक हजार ६० मेगावाट/घण्टा निर्यात पनि भएको छ ।

प्राधिकरणले गत साउन भदौ र असोजमा बिहारले मागअनुरूपको बिजुली सापटीस्वरूप दिएको थियो तर सापटीको बिजुली आयात गरेर मात्र पुग्ने अवस्था नरहने प्राधिकरणको प्रक्षेपण छ ।

यो वर्ष उद्योगमा १०० मेगावाटभन्दा धेरै विद्युत् आपूर्ति थपिएको छ । ती उद्योगको ऊर्जा डिमान्डको प्रकृति कस्तो रहला भन्नेमा प्राधिकरणले यकिन गर्नसकेको छैन । भट्राईले भन्नुभयो, “विगतका वर्षमा कोरोना महामारीका कारण बन्द भएका तथा नयाँ जडान भएका उद्योगले दैनिक कति र कुन समयमा डिमान्ड गर्लान्, त्यो यकिन छैन । अहिलेको अवस्था हेर्दा माग त रामै्र हुन्छ भन्ने अपेक्षा छ । ”

महामारी कम भएको अवस्थाअनुसार व्यापारिक तथा होटल क्षेत्रमा पनि माग गत वर्षभन्दा धेरै हुने अनुमान प्राधिकरणको छ । “तर यसको पनि ठ्याक्कै यस्तो होला भन्ने छैन । कति सुचारु होलान् वा महामारीको अवस्था के रहने भन्ने पनि यकिन छैन । यसर्थ त्यो बेलाको परिस्थिति हेरेर विद्युत् आपूर्तिको चुस्त व्यवस्थापन गर्न प्राधिकरण तयार छ, सक्षम हुन्छ,” भट्राईले भन्नुभयो ।

स्वदेशी विद्युत् उत्पादन घट्न थालेपछि प्राधिकरणले बिजुली व्यवस्थापनको रणनीति पनि परिवर्तन गरिरहेको छ । भारतबाट आयात सुरु गरे पनि कुलेखानी जलविद्युत् आयोजनाको किफायती प्रयोगलाई अझै निरन्तर गरिरहेको छ ।

भारतबाट किन्न महँगो पर्ने समयमा कुलेखानी चलाउने, सस्तो पर्ने समयमा बिहारको बिजुली किन्ने योजना प्राधिकरणको छ । प्राधिकरणले दिउँसोको समयमा बिजुली आयात गर्ने रणनीति बनाएको छ । कुलेखानीसहित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई पनि त्यही रणनीतिक हिसाबले चलाएर सस्तोको बिजुली मात्र किन्ने योजना प्राधिकरण हो ।

आइतबारको विवरणअनुसार प्राधिकरणका आफ्ना आयोजनाबाट नौ हजार ८७२ मेगावाट÷घण्टा विद्युत् आपूर्ति भएको छ । त्यस्तै सहायक कम्पनीमार्पmत छ हजार २२९ मेगावाट-घण्टा आपूर्ति भइरहेको छ । निजी प्रवद्र्धकका आयोजनाबाट १० हजार ४९३ मेगावाट÷घण्टा विद्युत् आपूर्ति भएको छ ।

जलप्रवाह घट्दै जाँदा स्वदेशी उत्पादन घट्ने र आयात गर्ने क्रम भने बढ्नेछ । जलप्रवाहमा आधारित आयोजनाले हिउँदमा आफ्नो पूर्ण क्षमतामा औसत ३५ प्रतिशत मात्र विद्युत् आपूर्ति गर्छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.