Advertisement

हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ नेपाली बजारमा

0 366

Advertisement

२१ मंसिर, माठमाडाैँ । नेपालका लागि हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा सार्वजनिक गरेको छ। नेपाली बजारमा २ वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक सफल क्रसओभर कार रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ।

कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरै वटा अपग्रेड ग्राहकले पाउन सक्ने कम्पनीको दाबी छ। नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप गरिएको छ।

नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाई वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङजस्ता आधुनिक सुरक्षा फिचर समावेश गरिएका छन्।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट जडान गरिएको छ। कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ।
कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ।

नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा नेपाली बजारमा उपलब्ध हुनेछ।

ईभीका लागि अनिवार्य चार्जिङ स्टेसनलाई लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ। हाल नेपालका विभिन्न ३६ स्थानमा चार्जिङ स्टेसन स्थापना भइसकेका छन्। हाल कम्पनीले देशभर १३ डिलर र १७ वटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.