नेपाली कांग्रेस काठमाडौंको सचिवमा कुमार राज सुवेदीको उम्मेदवारी घोषणा
लक्ष्मण फुयाल
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कारण जिल्लाहरुमा राजनैतिक माहोल तातेको छ । कांग्रेसमा पछिल्लो चरणमा युवा पुस्ताहरुको आकर्षण बढेको देखिन्छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को समग्र विकासको लागि महाधिवेशन प्रतिनिधिमा उम्मेवारी दिएका नेता कुमार राज सुवेदीले महाधिवेशन प्रतिनिधीको रुपमा विजयी भैसेकेका छन् । उनीले फेरी नेपाली कांग्रेस काठमाडौंको सचिवमा उम्मेदवारी घोषणा गरेको डिजिटल खवरलाई जानकारी दिनुभयो ।
काठमाडौ सभापतिको उम्मेदवार उपेन्द्र कार्कीको प्यानलमा सुवेदी रहेका छन् । कार्की नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पक्षबाट निर्वाचनमा सहभागि भएका हुन् । सुवेदीले उपेन्द्र कार्कीको प्यानलबाट सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
३ दशकभन्दा बढि राजनैतिक तथा सामाजिक क्षेत्रको अनुभव र आर्जन गरेको क्षमतालाई उर्जाको रुपमा प्रयोग गर्दै बाकीँ जीवन पार्टिमा समर्पित गर्न र पार्टिलाई बलियो बनाउन , नेपाली कांग्रेस काठमाडौ सचिवको रुपमा समग्र काठमाडौं विकासको लागि उम्मेदवारी दिएको नेता कुमार राज सुवेदीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस काठमाडौंका स्थानीय नेता सुवेदीले आसन्न १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि (खुल्ला) मा जित हासिल गरेसंगै अझै पनि नेपाली कांग्रेसको पुरै जिल्ला भरिमा सेवा गर्न आफू तयार रहेको आफ्नो तयारी एकदम राम्रो भएको जिल्ला क्षेत्रभरीबाट सवैले माया गर्नुभएको छ सुवेदीले बताउनुभयो ।
राजनैतिक संगसंगै सामाजिक कार्यमा जोडिएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाको नेतृत्व गरिसकेको उनी ।लाईन्स क्लव इन्टनेशलमा पूर्व गभर्नर रुपमा काम गरेको, मानवअधिकार तथा शान्ति समाजको पूर्व महासचिव तथा नेपाल भलिवल संघको केन्द्रीय उपाध्यक्ष रुपमा कार्यरत हुनुहन्छ । सुवेदी पूर्व चामुण्डा विद्यार्थी मञ्च तथा हाम्रो सहयोग अभियानको अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।
हाल उनी पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ सदस्य हुन् । राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय सुवेदीलाई राजधानीको पूर्वी भेगमा मानवअधिकार तथा समाजसेवाको क्षेत्रका अग्रणीको रूपमा लिइन्छ । कोरोनाकहर तथा तथा भूकम्पको समयमा क्रियासिल रुपमा लाग्दै धेरै सामाजिक सेवामा सक्रिय रहेका छन् ।
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुको उद्धेयमा नमुना संगठन निमार्णमा सहयोग गर्न ,हामी जस्तो साझा व्यक्त्तिले सवै बाट सहयोग पाउने अपेक्षा गर्दै तथा गुट उपगुट भन्दा पनि सवैको साझा प्रतिनिधी बन्न उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
गोकर्णेश्वर—५, जोरपाटीका स्थायी बासिन्दा सुवेदी नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि हुन् ।
२०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीले तत्कालीन जोरपाटी इकाईको पहिलो निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
वाणिज्य शास्त्रमा स्नातक गरेका सुवेदी अन्य थुप्रै सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । राजनीति सहित समाजसेवामा उत्तिकै क्रियाशील सुवेदी जत्तिको पात्रलाई राष्ट्रिय राजनीतिमै स्थापित गराउन काठमाडौं सचिवमा जिताउनुको विकल्प नरहेको काठमाडौं निर्वाचनका क्षेत्रीय प्रतिनिधिहरूले तथा नेताहरुले बताउनुभयो ।