Advertisement

आरडब्लू च्याम्पियनसिपको तयारी पुरा

0 642

Advertisement

१२ कात्तिक, दोलखा । दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल रिङ रेस्लिङ एसोसियसनले शुक्रबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।


प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेका छन् । सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल सहितका जिल्लाका अधिकारीले फुल माला सहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा पूर्व पर्यटन मन्त्री पोखरेल सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्का, जिल्ला उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष सुन्दर कार्की, विभिन्न खेलकुद संघका पदाधिकारी उपस्थित थिए । खेलाडीको स्वागत गर्दै पूर्व पर्यटन मन्त्री पोखरेलले अन्तराष्ट्रिय स्तरमा लोकप्रिय खेलको आयोजनाबाट जिल्लाको खेलकुदसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने बताए ।


खेलकुदसँगै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना हुन लागेको रेस्लिङ शनिबार दिउँसो सञ्चालन हुदैछ । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट रेस्लरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।


नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताका लागि मञ्चदेखि रिङ व्यवस्थापन लगायतका सम्पुर्ण काम सकिएको बताईन् । ‘मञ्च व्यवस्थापनदेखि रिङ व्यवस्थापनको काम सकिएको छ । सबै खेलाडी कार्यक्रम स्थलसम्म आईपुगेका छन् । जिल्लावासीले खेलाडी र यस खेललाई न्यायो स्वागत गर्नुभएको छ ।’ महासचिव श्रेष्ठले भनिन् ।


प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, चटान, द युव, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष रेस्लरले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र प्राप्त गर्ने संघकी महासचिव श्रेष्ठले बताईन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.