Advertisement

खराब मौसमले देशका विभिन्न भागबाट हुने दर्जनौं उडान प्रभावित

0 510

Advertisement

०२ कात्तिक, काठमाडौं । सोमबार देखिको निरन्तर परेको पानीका कारण काठमाडौंबाट अन्यन्त्र हुने उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाका अनुसार आधादर्जन बढी उडान रद्द भइसकेको छ भने १५ बढी उडान डिले भएको जानकारी दिनुभयो । मौसममा केही सुधार आएकाले काठमाडौंबाट हुने केही उडान सुचारु भएका छन् ।

विमानस्थलको तथ्याङक अनुसार विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौंनै फर्किएको थियो । काठमाडौंबाट लुक्ला जाने र लुक्लाबाट काठमाडौं आउने सबै उडान डिले भएको छ भने मनाङमा कुनै उडान हुनसकेको छैन । काठमाडौंबाट जनकपुर उड्ने यती एअर उडान डिले भएको छ ।

काठमाडौंबाट भद्रपुर र काठमाडौंबाट धनगढी जाने सौर्य एअरको उडान रद्द भएको छ भने काठमाडौंबाट फाप्लुका लागि उड्ने समिट एयरको उडान रद्द भएको छ ।

देशैभर खराब मौसमका कारण उडानहरु प्रभावित बनेको विमानस्थलले जनाएको छ तर काठमाडौंमा भने सामान्य अर्थात पाँच किलोमिटर भिजिवलिटी भएको जनाएको छ । काठमाडौं बाहिरका विमानस्थल आसपास मात्र नभएर उडान हुने रुटका कारणले पनि भिएफआर र आइएफआरमा उडान गर्ने दुवै प्रकारका उडान प्रभावित बन्ने गरेको शेर्पाले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.