Advertisement

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५ औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

0 561

Advertisement

१७ बैशाख, काठमाडौं ।  परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्वारा आयोजित´निस्तार चाडको प्रेम जीवन बचाउने प्रेम`भन्ने मुल नाराका साथ १३६५ औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम आज काठमाडौंको गोकर्णमा सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता,गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष जयराम महत,वडा नं ३ का अध्यक्ष मुरारी कुइकेल,ब्लोडन नेपालका अध्यक्ष बालकृष्ण श्रेष्ठ को विशिष्ट आतिथ्यता लगाएत अतिथिहरुको उपस्थिति रहेको सो कार्यक्रमको सभापतित्व परमेश्वरको मण्डली विश्व सुसमाचार का अध्यक्ष तेजेन्द्र गौतमले गरेका थिए।
पर्मेश्वरको मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजना र नेपाल मेडिकल कलेज रक्तसंचार केन्द्र जोरपाटीको समन्वयमा आयोजित कार्यक्रममा एक सय  पचास जनाले रक्तदान गरेका छन् ।

आयोजित रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले पर्मेश्वरको मण्डलीले स्वास्थ्य,शिक्षा,बिपतमा गरेको सहयोग उदाहरणीय छ। हामी राजनीतिकर्मीले गर्ने राजनीति पनि सेवा नै भएकोले हामी प्रत्येक मानवप्राणीले नै सेवाको भाव राख्न जरुरी रहेको बताएका थिए।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष जयराम महतले हामी जहाँ भए पनि जुन धर्म भए पनि हामी नेपाली हौ। हाम्रो नेपालको संविधानले हामीलाई धार्मिक स्वतन्त्रता प्रदान गरेको छ। त्यो स्वतन्त्रता भित्र जात,धर्म,संस्कृति र परम्परा अनुसार हामीले हाम्रो कर्म गर्दै आएका छौ। त्यो कर्म गर्न सबैलाई छुट छ तर हामीले समाजमा खल्बलिने किसिमको गतिविधि गर्नु हुँदैन। यो संस्थाले मानव कल्याणको  निम्ति काम गर्दै आएकोले पनि हाम्रो यहाँहरुलाई सहयोग रहने बताएका थिए।

कार्यक्रम कार्यक्रमका सभापति तेजेन्द्र गौतमले हामीले विश्वव्यापी रूपमा मानवप्राणीको रक्षाका निम्ति रक्तदानलाई विशेष प्राथमिकता दिदै अहिले हाम्रो संस्थाले नेपालका ७७ औं जिल्लामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र हामी महा बिनाशकारी भुकम्प देखि देशमा हुने प्राकृतिक बिपत्तिमा गर्ने सहयोग संगै शिक्षा एवम् स्वास्थ्यको क्षेत्रमा पनि पनि सक्रिय रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताएका थिए ।

कार्यक्रम अत्यन्तमा गोकर्णेश्वर नगरपालिकाका का नगर प्रमुख दिपक रिसालले कार्यक्रमका सभापति तेजेन्द्र गौतमलाई प्रशंसा पत्र प्रदान समेत गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.