कारोवारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट
१८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रोे दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ६.६८ अंकले घटेर दुई हजार पाँच सय ७० दशमलब ८१ विन्दुमा थामिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
नेप्सेका अनुसार आज मनकामना लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड भन्दा बढीको कारोबार भएको छ ।