Advertisement

घर्तीको उपचारमा १२ लाख बढी सहयोग

0 181

Advertisement

१८ असाेज, बागलुङ । केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर रु १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् । सो रकम वडाध्यक्ष रामबहादुर रोकालगायतको उपस्थितिमा शनिबार घर्तीकी धर्मपत्नी छलमायालाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताउनुभयो ।

घर्तीको टाउकाको नसामा समस्या देखिएपछि दुई पटकसम्म जटिल शल्यक्रिया गरिएको र थप उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि अभियान चलाइएको थियो । घर्तीको उपचारका लागि देश विदेशमा रहेका ताराखोलावासीबाट सहयोग उठेको क्लबका अध्यक्ष निउरेले बताउनुभयो । पहिलो चरणमा सङ्कलित रकम हस्तान्तरण गरिए पनि इच्छुक व्यक्तिबाट थप सहयोग जुटाइने उहाँको भनाइ छ ।

घर्तीको अहिले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष रोकाले गाउँमा स्थापित क्लबहरुले मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले खेलकुद र मनोरञ्जनका क्षेत्रमा मात्र क्लब सीमित हुन नहुने धारणा राख्नुभयो ।

देश विदेशबाट गरी ३०० बढीले घर्तीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष न्यूरेले जानकारी दिनुभयो । प्रतिव्यक्ति न्यूनतम रु एक सयदेखि रु ५० हजारसम्म र केही संस्थागत सहयोग पनि प्राप्त भएको उहाँको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.