Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

0 80

१७ असाेज, डोटी । सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ । जिल्लाभरिका नौवटै स्थानीय तहबाट आएका खेलाडीलाई भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद समितिका अध्यक्ष नरेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका नौवटै स्थानीय तहबाट आएका खेलाडीको प्रतिस्पर्धा गराइ उत्कृष्ट भएका नौ जनाखेलाडीलाई छनोट गरी उनीहरुकै टिम बनाइएको र त्यस टीममा अन्य तीन जना वैकल्पिक खेलाडी पनि राखिएको छ ।

जिल्ला खेलकूद विकास समितिका अनुसार छनोट भएका खेलाडीमा जनक खड्का, डम्बर भट्टराई, प्रशान्त साहु, निलम सिंह, खगेन्द्र खड्का, भूपेन्द्र खड्का, प्रदीप खड्का, रतन थापा र रमेश बम रहनुभएको छ । यस्तै वैकल्पिक खेलाडीमा राजेन्द्र कठायत, रमेश साउद तथा पुरन रावत छनोट भएका छन् । उक्त पुरुष भलिबल प्रतियोगिता कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ सम्म सञ्चालन हुने भएको छ । छनोट भएका खेलाडीलाई प्रशिक्षण दिइन लागिएको छ ।

भलिबल प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने १२ जना खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइने भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.