Advertisement

टरिगाउँ विमानस्थलमा रु ५५ लाख बिनियोजन

0 296

Advertisement

१२ असाेज, तुलसीपर । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि रु ५५ लाख बजेट बिनियोजन गरिएको छ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जनाइएको छ । वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट बिनियोजन हुन सकेको थिएन । बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन । विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ । यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उहाँको भनाइ छ

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.