Advertisement

सुष्मी च्याम्पियन

0 419

Advertisement

१० असोज,काठमाडौं । क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् ।


इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौलसमूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गरिन् ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए । उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराए । ३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुड स्टारका सुशान्त सापकोटालाई पन्छ्याउदै पहिलो स्थान हात पारे । ४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले स्वर्ण जिते । उनले फाइनलमा केन्द्रीय डोजो आईएफकेकेका सुरज विकको चुनौती पन्छाए ।


पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई निराश पार्दै शीर्ष स्थान हात पारे । ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले स्वर्ण चुमे । उनले फाइनलमा क्योकुसिन कानकै सौरव बस्नेतलाई पाखा लगाए ।


विजेतालाई आयोजक आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठ, आईएफकेकेका ब्रान्च चिफ प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक आईएफकेकेले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.