मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि(अपडेट)
२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा ०९ पुरानो बानेश्वरको मात्रिका आइ सेन्टर भवनको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
सेतोपुल नजिकै रहेको मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभई सामान्य पुरानो मोबाइलमा तार बाँधेर फालिएको प्रहरीले जनाएको छ ।
सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । सो शंकास्पद वस्तु कसले किन राखेको ? भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।