मात्रिका आइ सेन्टरको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला
२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा ०९ पुरानो बानेश्वरको मात्रिका आइ सेन्टर भवनको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीको अनुसार हर्दा टाइम बम जस्तो देखिएको हुनाले उक्त क्षेत्रमा नेपाली सेनालाई खवर पश्चात बम डिस्पोजल टोलि घट्नास्थलमा पुगिसकेको जानकारी दिएको छ ।
प्रहरीको अनुसार भवनमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले सो वस्तु राखेर निस्किएको देखिएको छ। ती दुवैको मोबाइल नम्बर पत्ता लगाइसकेको छ जानकारी दियो ।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फतिमा सुमर काठमाडौं आएकाले यहाँको सुरक्षा व्यवस्था बिहानै देखि कडा पारिएको छ। यस्तोमा प्रहरीले शतर्कता बढी नै अपनाइरहेको छ।