Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

0 132

२४ भदाै, पाल्पा । बाँदरले अन्नबालीलाई नोक्सानी गर्नथालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा व्यावसायिकरूपमा बाँदरले नोक्सान नगर्ने तरकारी तथा फलफूल खेती सुरुआत गरिएको छ ।

पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको सङ्ख्या बढेका छन् । मानव बस्ती नजिकै लोपोन्मुख जनावर अहिले देखिन थालेको किसानको दाबी छ । बाँदर, बदेँल र दुम्सीलगायतका जनावरका कारण किसानले बाली उत्पादनमा नोक्सानी व्यहोर्दै आएका छन् ।

बाँदरले खेतबारीमा मात्र होइन, घरमै पसेर नोक्सानी गर्न थालेपछि आफू गोलभेँडा खेतीप्रति आकर्षित भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका विनबहादुर दर्नालले बताउनुभयो ।

पाँच÷सात रोपनीमा मकैखेती गर्ने उहाँ अहिले व्यावसायिकरूपमा गोलभेँडा खेतीमा लागिपरेका हुन् । यहाँका १०० भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिस अहिले मकैखेती छाडेर गोलभेँडा खेतीप्रति आकर्षित भएका छन् ।

बाँदरले मकै, सिमी, गोपी, धान बालीमा क्षति गर्छ भने खुर्सानी, अदुवा, कागतीलगायतमा नोक्सानी नै गर्दैन । कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । ती युवा पनि अहिले व्यावसायिकरूपमा गोलभैँडा खेतीमा मेहेनत गरी पैसा कमाउने योजनामा छन् । स्थानीयवासी सूर्यबहादुर दर्नालले भारतमा रोजागरी गुमाएर दुई महिनामा घर फर्केर गोलभेँडा र खुर्सानी खेतीमा लागिएको बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानका लागि नोक्सानी नहुने अन्नबाली तथा फलफूलप्रति आकर्षित गर्ने कार्यक्रम ल्याएको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.