Advertisement

भिजनलाई स्वर्ण

0 551

Advertisement

२० भदौ, काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् ।

भिजन तामाङ

भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर १५–१७ वर्षमा गोदावरीका श्रृजल श्रेष्ठ र रोशनी सिलवाल (६.५९ अंक) ले स्वर्ण तथा चन्द्रसूर्यका यज्ञ राई र हिमाला अधिकारी ((६.११ अंक) ले रजत जिते । नेपाल टाइगरका मन्दिप राई र मनीषा पराजुली तथा चन्द्रसूर्यका अरुण तिवारी र सोनी शेर्पा तेश्रो भए ।

पेयरतर्फ १८–३५ वर्षमा १३ औं सागका कांस्य विजेता जितबहादुर बोट र स्वर्णधारी पार्वती गुरुङ पहिलो बने । नेपाल प्रहरीका उनीहरुले ७.२३ अंक जोडे । ७.१४ अंकसाथ प्रहरीका १३ औं सागकी स्वर्ण विजेता निशा दर्नाल र १३ औं सागका कांस्य विजेता अस्मिन राउत दोश्रो भए । १३ औं सागका स्वर्ण विजेताद्वय नेपाल आर्मीका आयेशा शाक्य र सन्जिवकुमार ओझा तथा आर्मीकै १३ औं सागकी स्वर्णधारी सन्जिला तिमल्सिना र रजत विजेता कृष्णबहादुर तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।

पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मुलपानीका मधुसुदन सापकोटा (६.२९ अंक) ले स्वर्ण तथा मुलपानीकै प्रेमकुमार दर्नाल (५.९३ अंक) ले रजत चुमे । प्रहरीका लक्ष्मणबहादुर ऐर तथा शिवपुरीधामका आशिष चन्दले कांस्य हात पारे ।

काठमाडौं तेक्वान्दो कार्यसमितिलाई बधाइ

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति, नेसनल ओपन स्काउट क्रु र बाल गीताञ्जली स्कुलले काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरे, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले पदाधिकारीहरुलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै सर्वसम्मत निर्वाचित टोलीलाई बधाइ दिए ।

सो अवसरमा मेयर थापाले पदाधिकारीहरुलाई प्रशंसा पत्र पनि प्रदान गरे । भदौ ५ गते चावहिलमा भएको संघको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

पलेशा सम्मानित

टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन जापानमा नगदसहित सम्मानित भएकी छन् ।

एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेशालाई २ लाख ५० हजार नगदसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् ।

सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, व्यवस्थापक विष्टलाई ४० हजार र पारा तेक्वान्दो समितिलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।

कान्तो समिति, विभिन्न संघ संस्था, तेक्वान्दोका पूर्व खेलाडीलगायतले संयुक्त रुपमा पारा तेक्वान्दोकर्मीहरुलाई सम्मान गरेको बताइएको छ ।

फुलकन्ट्याक्ट कराते महासंघको अन्तरक्रिया

नेपाल फुलकन्ट्याक्ट कराते महासंघले विविध विषयमा छलफल गरी राय सुझाव लिन ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाकक्षमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष दमन बस्नेतले महासंघलाई अझ कसरी सशक्त ढंगले अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउदै महासंघ प्रति केहि गुनासा भए सम्बद्ध पदाधिकारीहरुलाई भेटी आफ्ना कुरा राख्नु पर्नेमा जोड दिए ।

उनले महासंघले गरेका विभिन्न कार्यक्रम तथा भावी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी गराए । त्यसै अवसरमा उनले कोरोना भाइरस (कोभिड– १९) का कारण दिवंगत भएका क्योकुसिन करातेका प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा स्थापन गरिने कोषका लागि विभिन्न संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगका बारेमा पनि जानकारी गराएका थिए । उनले कोषमा जम्मा हुने रकमको ब्याजबाट प्रत्येक वर्ष स्व. वज्राचार्यको स्मृतिमा क्योकुसिन कारतेका एक पुरुष÷महिला खेलाडीलाई उत्कृष्ट खेलाडी चयन गरी पुरस्कृत गर्ने योजना रहेको अवगत गराए । कार्यक्रममा सहभागी क्योकुसिनकर्मीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने

गुराँसेदेवी युवा क्लबको आयोजनामा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता रामेछापको दोरम्बास्थित सैलुङ गाउँपालिकामा हुने भएको छ ।
प्रतियोगितामा बढीमा ३२ टिमलाई मात्र सहभागी गराइने आयोजक क्लबका अध्यक्ष मदन थापा मगरले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले प्रतियोगिता खुला भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गराइ कुनैपनि टिमले सहभागिता जनाउन पाउने बताए ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।
सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष तृशला घिसिङले प्रतियोगिताले स्थानिय पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिता असोज ३१ देखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.