सार्वजनिक विदाको मजाक : नगरसभा सकिएको उपलक्ष्यमा बाह्रबिसेमा विदा
०९ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सकिएको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ । बाह्रविसे नगरपालिकाको असार ९ गते बसेको ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै १ दिनका लागि सार्वजनिक बिदा दिइएको हो ।
सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सुचना अनुसार असार १० गते शुक्रबारका दिन सार्वजनिक विदा दिइएको छ । सूचनामा नगरपालिका एवं नगर अन्र्तगत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक विदा गर्न आदेशसहित अनुरोध गरिएको छ ।
नगरसभा सकिएको खुसीयालीमा किन सार्वजनिक विदा दिनुपरेको भन्ने जिज्ञासामा नगरप्रमुख बालकृष्ण बस्नेतले विगतदेखि नै नगरसभाको बैठकपछि सार्वजनिक विदा दिँदै आएकोले त्यसलाई निरन्तरता दिएको बताए । उनले भने–‘संघीय सरकारले पनि आइतबार बिदा दिएको थियो । हामीले भोली शुक्रबार बिदा दिँदा के बिग्रन्छ र रु’
नगरसभा बैठक सकिएको उपलक्ष्यमा विदा दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो नगरपालिकाको आलोचना गरिरहेका छन् ।