Advertisement

शहीद स्मारक बी डिभिजन लिग : खुमलटारको जित

0 285

Advertisement

१७ चैत, काठमाडौँ । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २१औँ मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा भगवती युथ क्लबका खेलाडी सन्तोष केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५५औँ मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए ।

खेलको ८३औँ मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३–१ को अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता ४–१ को बनाए ।

त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भगवती युथका राजु गुरुङले गोल गरेपनि खुमलटार ४–२ ले विजयी भयो । यस जितसँगै खुमलटारले १० खेलमा १५ अङ्क जोडेको छ । यता पराजित भगवतीले समान १० खेलमा १४ अङ्क जोडेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.