Advertisement

युएस ओपनकी विजेता बेलायती खेलाडी एम्मालाई पिछा गरेर वाक्क लगाएकोमा नेपाली दोषी

0 264

Advertisement

१७ माघ, बेलायत । बेलायती टेनिस खेलाडीलाई घरमै पुगेर तनाव दिएको प्रकरणमा एक नेपाली दोसी ठहर भएका छन् ।

बेलायतको टेनिस खेलाडी एम्मा र्‍याडुकानुले एक नेपाली कयुवकमार्फत तनावग्रस्त भएको भन्दै केहीसमय अघि अदालतमा निवेदन दिएका थिइन् । अदालतले ती नेपाली युवकलाइ एम्मा र्‍याडुकानुको स्वतन्त्रता खोसेको भन्दै दोसी ठहर गरेको हो ।

उक्त निवेदनपछि तनाव दिने नेपाली ३५ वर्षीय अमृत मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई एम्मा र्‍याडुकानुको घरको सीसी क्यामेराको आधारमा पक्राउ गरिएको बताइएको छ ।

बेलायती पत्रिका डेली मेलका अनुसार मगरले साउथ इष्ट लन्डनस्थित एम्मा र्‍याडुकानुकै घरसम्म पुगेर पिछा गरेको आरोपमाब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो ।

मगर लन्डनस्थित एजवेयर बस्दै आएका थिए । उनी विवाहित पनि हुन् । उनले एम्मा र्‍याडुकानुको घरमै पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा बताइएको थियो ।

गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेका बताइएको छ । विगतमा अमेजनको डेलिभरी ड्राइभरका रूपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ‘यु डिजर्भ लभ’ (तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेकाे बताइएकाे छ ।

त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरूले नै पठाएको भन्दै झुट बोलेका थिए ।

त्यस्तैगरी अर्को पटक एम्माको घरमा पुगेर मगरले केही नक्साहरु कोरेर दिएका थिए । त्यसक्रममा एम्मा र्‍याडुकानुलाई भेट्न मगरले २३ माइल लामो यात्रा गरेको उल्लेख गरेका थिए ।

१९ वर्षीया एम्माले आपफू बाहिर निस्किँदा, एक्लै हुँदा आफूलाई असुरक्षित महसुस हुने गरेको अदतलतमा बयान दिएको बताइएको छ । मगरले दिएको तनावकै कारण आफूले घर नै सार्न खोजिरहेको पनि अदालतमा बयान दिएकी थिइन् ।

एम्मा पछिल्लो युएस ओपनको उपाधिकी बिजेतासमेत हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.